Friday, November 9, 2012

उम्किएको माछा








कत्रो थियो?
एत्रो...!
एत्रो?
होईन यसभन्दा ठुलो
एत्रो....!

उम्केको माछा
अफसोच झोला भन्दा ठुलो थियो।


आँखाले आफ्नै मगजको कठघरामा उभिएको कत्ति भयो?
आँखाले मनको झुठो गवाही दिएको कत्ति भयो?

आफ्नै मनभन्दा सानो आकारको मान्छेहरू
युग बित्यो
खोला धाएको
झोला भरि-भरि माछा ल्याएको
र संधैं
चुक्चुकाउँदै
उही धमिलो दहमा हेरिपठाएको

कत्रो थियो?
एत्रो...!
एत्रो?
होईन यसभन्दा ठुलो
एत्रो....!





No comments:

Post a Comment