Monday, August 27, 2012

अन्तिम चुम्बन





जब चुडिनेछन् धागो
म हावाको हुनेछु

जब रोकिनेछन् हावाको रफ्तार
म धर्तीमा खस्नेछु

जब फेरी भेटौँला
हामी अर्कै-अर्कै भैसकेका हुनेछौँ

सम्झिनु

कि मेरो प्रत्येक स्पर्ष
मेरो अन्तिम चुम्बन हुन्
विदाईको।




No comments:

Post a Comment