Saturday, February 11, 2012

पारासोम्निया




यिनीहरू निन्द्रामै बोल्छन्,
हिड्छन
ताली मार्छन्
निन्द्राको संसारबाट, ब्युँझिएकाहरूलाई तर्साउँछन्
नरिसाउनु, न-आत्तिनु, नडराउनु
यिनीहरू बिमार छन्।

यिनीहरूलाई थाहा हुन्छ,
कि उसको निन्द्रामै हिड्ने बानी छ
यसरी हिडेछ वा बोलेछ भने
झक्झकाउनु
कि सतर्क बस्नु
उ लड्नसक्छ- पक्रिनू!
या कहीँ ठेस लागेर जाग्न पनि सक्छ- बोलाउनू!

जागेपछी आफै हास्नेछन् आफैसित
आफु हिडेको
आफु बोलेको बिर्सनेछन्
कहीँ लडेछन् वा चोट लागेछ भने डराउनेछन्
आफ्नो बिमारी अरूलाई सुनाउनेछन्
चिन्ता नलिनु
निन्द्रा संसारमा बाच्नेहरू अरूलाई भन्दा आफैलाई घातक छन्
बस उसको मनोबल उच्च गर्ने कोशिश गरिरहनू
उसको मनलाई झक्झकाउनू
उसको विपनालाई झक्झकाउनू
नरिसाउनू, नकाराउनू
सझिनू! उ बिमार छ।

No comments:

Post a Comment