Saturday, February 11, 2012

सचेत-अचेत




म बोल्दैछु
मेरा साथीहरू बोल्दैछन्
हामी बोलेको मन नपराउनेहरू
चुपचाप छन्

र ती चुपचाप बस्नेहरूकै निम्ति
म बोल्दैछु
हामी बोल्दैछौँ

उनीहरू सम्झन्छन्
हामी नबोलेकै राम्रो
सम्झन्छन्
हामी गलत छौँ

जब उनीहरूले चिन्नेछन्
जब उनीहरूले साँचो कुरा बुझ्नेछन्
उनीहरूको गर्दनमा
बाघको पन्जा हुनेछ।

उनीहरूले देख्नेछन्
बाघको पनि धर्म हुन्छ
बाघको पनि धर्म-पुस्तक हुन्छ
जसले हिंसा र हत्यालाई पुजा गर्छ

उसले बुझ्ने छ
उसको गर्दन मुन्तिर
बाघको प्रिय प्रसाद छ।

त्यसबेला पनि
हाम्रो हात
उसलाई तान्न खोजिरहेको हुनेछ।
उसको प्रिय बाघ
उसको गर्दनमा मुख गाडेर
गर्जिरहेको हुनेछ।

म बोल्दैछु
हामी बोल्दैछौँ
ठिक यतिखेर

आँखा चिम्लेर
हाँसीरहेछ

No comments:

Post a Comment