Thursday, February 9, 2012

पुलिस! पुलिस! चोरलाई पक्री





कागतको टुक्रामा
चुडिएर झरेको उमेरमा
थुप्रैचोटी म राजा भएँ
थुप्रैचोटी तिमी राजा भयौ
मैले तिमीलाई मार्नु परेन
तिमीले मलाई मार्न खोजेनौ
एस्तो कथा छ हाम्रो
तर एस्तो इतिहास छैन।

अक्षरहरू लुकेको
बन्द टुक्रामा
थुप्रैचोटी तिमीले पुलिस र चोर हुनुथियो
थुप्रैचोटी मैले पुलिस र चोर हुनुथियो
चोर वा पुलिस
इमान र बेइमानी
तिम्रो वा मेरो अनुहार थिएन
तिमी वा ममा थिएन

थुप्रै चोटी तिमी मन्त्री भयौ
थुप्रै चोटी म मन्त्री बने
थुप्रैचोटी हार-जीतमा रमायौँ
जीत एउटै मात्र विकल्प थिएन
जीत एउटै मात्र उद्देश्य थिएन

हामी राजा रानी भएर खुसी भयौँ
उत्तिकै
पुलिस अनि चोर भएर खुसी थियौँ
हाम्रो पनि संसार थियो
अँ
देश थिएन
धर्म थिएन
जात थिएन।
मन्त्री हुने आफै बोल्थ्यो:
पुलिस! पुलिस! चोरलाई पक्र।
तर
तर चोरले चोर्ने
पुँजी थिएन
चोर थुन्ने
कानुन र कारागार पनि थिएन।
तर हाम्रो संसार त थियो।
कि थिएन??

No comments:

Post a Comment