Thursday, February 9, 2012

प्रेम प्रस्ताव





ओई लाटी सुनिस्?
ओई बलड्याङ्ग्री सुनिनस्?
ओई पुड्की सुन् त!
तेरो केश देख्दिन
स्ट्रेट होस् कि कर्ली
तेरो नाक हेरिन
चुच्चो छ कि थेप्चो
तँलाई सम्झेरै बुझिस्
मुटुमा भूकम्प जान्छ
समात्छु
बोली रोकिन्छ

सुन्दैछस्?
ओई किन उता हेर्छस्?
वर्षमा ३६५ दिन छ,
बजारले छुट्टाएर राखेको
मायाको एउटा दिन
म कहाँ मान्छु र?- मान्दिन।
सुनिस्!
मेरो प्रत्येक दिन मायाको
सुन् न गठ्ठी!
मेरो प्रत्येक दिन तेरो

कम्ती याद आउँदैन
तेरो दाइले तँलाई खेदेको क्या त!
बिरेको बिहेमा हाम्रो आँखा जुझेकै दिन..
झल्झली आउँछ नि
हाट भर्नु जाँदा,
तेरो खुट्टा चिप्लेर, मै माथि लडेको दिन
ओई! भङ्गेरी
हेर् न! तैले पकाएको हिउदे बोडीको स्वाद मुखमै छ
तेरो हातको कुखुराको सुप अहो! झल्झली आउँछ

लाज लाग्छ नि अझै
तँलाई लेखेको चिठी अझै छ बाकसमा
सुनिस् ढोक्सी
सोधीबस्थिस नि मसित-
'कति माया लाग्छ?'
भन्थिस नि- कान्छी ल्याउँछस्।
अब त भन् न बोक्सी
मलाई कति माया गर्छस्?
हेर! भन् त यो चिसो माटोमा
जाडो लाग्दैन? भन् न!
मेरो यो स्विटर छोडीदिन्छु ल!

.....
.....
भन् त कति माया गर्छस् मलाई??

No comments:

Post a Comment