Wednesday, July 13, 2011

आवाज- ३


हिड्नेहरू हिड्छन, हिडिरहन्छन्
जीवन जोख्दै तराजुमा
कसले हेर्न सक्छ? -मान्छेको औसत वजन
मान्छेको औसत उचाई ,किन पो नापिबस्छ?
-कि कुनै ‘स्वेत-स्याम’ मगजको ढक
जीवनका रङ मापनको औजार कहाँ हुनसक्छ?
-कि कुनै नाकको औसत उचाई
सुन्दरताको प्रामाणिक दसी कहाँ हुनसक्छ?

बढ्नेहरू बढ्छन्, बढिरहन्छन्
हरेक पाइला एक-एक थकानको अंश-अंश जम्छ
हरेक घुम्तीले चुनौतिका नविन धराप थाप्छ
एउटा सक्यो संकटको अर्को पहाड आउँछ
तर खुट्टा छन्, र पाइला छन्
पाइला छन् र यात्रा छ
साउती गर्दै बोलाउँछ नि पहाडको न्यानो काख
भन्छ नि- ‘आउ बिसाउ! आउ बिसाउ!’
बाटै अघि ठिंग उभिएर झ्याम्म पिपलका रुखहरू भन्छन्-
‘आउ बिसाउ! आउ बिसाउ!’
-तर बिसाएका ति पहाडको मौन गति रोकिएको कहाँ छ?
-तर बिसाएका झैं ति रुखका जराहरू बिसाएको कहाँ छ?
पल-पल बदलिदों छ आँखै अघि बाटो-बाटो-बाटो
यो गतिलाई थाम्ने, पक्रिने, निफन्ने को छ?
-कि भन्न सकोस् ‘तेरो औसत हिडाई यति छ!’,
-कि भन्न सकोस् ‘तेरो औसत सपना यति छ!’

चड्नेहरू चड्छन्, चढीरहन्छन्
-कहाँ रोक्न सक्छ मृत्युको निश्चितताले जीवनका पाइलाहरू?
-कहाँ रोक्न सक्छ सपनाको अभियान, मृत्युको लगामहरूले?

1 comment:

  1. Literature has always fascinated me....I love reading....Tika Bhai is doing a brilliant job...we can find many ignored elements of our society occupying a dazzling position in your poems...keep the spirit up....
    Regards
    Rajen Upadhyay
    http://sikkim-historyhunter.blogspot.com

    ReplyDelete