Friday, July 8, 2011

शिकार -६


म साँपसित डराउँछु अनि साँप् मसित डराउँछ
साँप् भाग्छ,
म लट्ठी बोकेर खेद्छु
ढुंगा हानेर त्यसको शिर फुटाउन खोज्छु
एकतमासको भयसित सचेत
म र साँपको सम्बन्धमा सम्झौता छैन
शहर माँझमा हिड्ने जुलुसहरु
जसरी राज्यले साँप देख्छ
निर्बल साँपको बिष
र उठेको फन देख्छ
लौरो, हतियार, र हुकम भिरेर
जब सडकमा तम्तैयार प्रहरी, सेनाका जवानहरू उभ्छन्
लाग्छ
राज्य र ति जुलुसमाँझको सम्बन्धमा कुनै सम्झौता छैन
कुनै चिर दुश्मनी र भय बोकेर
म र सर्पको सम्झौताहिन संघर्ष चलेको-चलेकै छ!!

No comments:

Post a Comment