Sunday, June 12, 2011

इडीपस बजार|

...................

छोपिए
धर्म ग्रन्थ
महान् मानवीय चैतन्य
आदर्श
उच्चाहम

भन्यो-
यो शहर बस्न अघि
यहाँ एउटा पट्टेर जङ्गल हुनुपर्छ|
मान्छे बोकेको धरतीलाई थाहा होला
मान्छेको जंगली अतित
र आज पनि बाँचेको त्यो जंगली चेत
जंगलबाट बस्ति र बस्ति हुदै शहर पसेको
जंगली भोक
जंगली स्पर्धा
त्यसैर हावा पनि ,पानि पनि
भावुकता र सम्वेदना पनि
कंक्रिटको सम्मोहनमा डुंगा जम्न खोजिरहेको
बाँच्न-
र डुंगा हुनपर्छ|
निस्कर्ष निकाल्यो

कत्ति गर्मि?
कमेज उताऱ्यो
कत्ति बन्धन?
पत्लुन उताऱ्यो
कत्ति ठुलो भोक?
सर्वस्य नाङ्गीयो|
लाज हो कि उत्तेजना दैलो बन्द गऱ्यो....

र भन्यो- मनमनै
र सुन्ने गरि भन्यो
आमाको मासु पनि त फगत मासु हो|

अँध्यारैमा कर्कस तालीहरु बजे|
(नेपथ्यमा: बल्ल आज आमा मुक्त भईन्
आमाले छोरा चिन्यो
छोराले आमा पाए|)

आन्दोलन शेष भयो|

No comments:

Post a Comment