Saturday, June 11, 2011

थुन्चे

कोमाको थाप्लोमा बिसाएर त म छु
कोमाको थाप्लोमा टेकेरै म छु
कोमाले थाप्लोमा अडेसिएर जत्ति-जत्ति थुन्चे हिडे
थुन्चे भरि-भरि
‘सास’ र जिन्दगी हिडे
ममत्व- हिड्यो
विकासवाद हिड्यो
दर्शन हिड्यो
विज्ञान हिड्यो
राजनीति हिडे, अस्तित्व हिड्यो
कोमाको थाप्लोमा अडेसिएर थुन्चे जब हिड्यो
जीवनको महानतम अर्थ हिड्यो
मानवता हिड्यो
र अन्जानैमा सत्यसितै असत्य हिड्यो
विद्रोही आहट र क्रान्ति हिड्यो
र सप् भन्दा साँचो
थाप्लोमा एक थुन्चे अटाई- न अटाई
एक श्रमजीवी कोमाको जीवनभरी पिरोलिएको सपना हिड्यो |
र त्यो हिडाई कहीँ थामिए होलान्
जहाँ उता त्यो गति तरंग-तरंग भएर हिड्यो/ हिडिरहेछ|
त्यही थुञ्चेको भार
थामेर हिडेका छन् यी शब्दहरु
बर्षौ बिते पनि
ति कोमाका सन्तति गह्रौं थाप्लो थामेर हैरान छ
कहाँ यति सहजै मेटिन्छ त??
आलै छ यो पुड्को मान्छेहरुको थाप्लो र ढाडमा
थुन्चेको आकार|

No comments:

Post a Comment