Sunday, May 8, 2011

नया घाम

प्रतिस्पर्धा,होड,बेलगाम बेलगाम दौड
कस बसेको कालो आकाश
र धुवाँ धुवाँ तल्तिर
अम्लवृष्टि थेग्ने मेरो खप्पर छ|

छायाँ खोज्छु रुख छैन
पानी खोज्छु तलाव छैन
झर्झराउँदो भत्भत तातोमा
कृतिम पंखा छ हावा छैन

बेलगाम मुनाफाको शिकार
बेलगाम निर्माणको काँचो भोक
घाउ पाकेर जताततै
दंग दंग गनाउदो एक विकृत आकार
दुखिरहने निलडाम थेग्ने तिघ्रा पनि मेरै

भासिदै भासिदै गईरहेको एक अन्जुली धरतीको भरोसा टेकेर
म उक्लिरहेछु आकाशमा....
हिडु भन्छु पाइला छैन

No comments:

Post a Comment