Friday, March 18, 2011

होलीका रङ्हरुमा

1 रङ् किनेर फिर्दैछन्
रङ् पखालिएका
स्वेत-स्याम जिन्दगीहरु !

2 रङ्र बोकेर हिड़्रदैछन्
उज्यालो रहरको थैलोभरी
अँध्यारोको अनुहार !

3 रङ्मा म देख्दैछु
त्सुनामी पोतिएको आहत जापान !

4
पखालिएकै छैन रगतको रङ , जङ्गलमहलमा आलै छ, आलै छ सिब्सुमा !
रङ् खेल्नु कि रगत ?

1 comment:

  1. साँच्चै कति ठूलो प्रश्न...वर्तमान संसारलाई नै विशालकाय, भयावह र विडम्बनापूर्ण यक्ष-प्रश्न- रङ खेल्नु कि रगत...
    टिकाजी...कविताहरू राम्रा हुँदैछन्...क्रम नटुटोस् है...
    शुभेच्छाहरू...

    ReplyDelete