Wednesday, March 23, 2011

शिकार - 5

युद्धको क्रुर पञ्जा
भोको पेट
र हैकमको पखेटा फड़फड़ाँउदै
सानसित उड़छ शान्तिदूत
निलो आकाश जम्मै ढाकेर उड़छ।
सेता चिलहरु आगो उगेल्दै उड़छ ।
विश्व शान्ति , भाइचारा, र प्रजातन्त्रको चर्को नारामाँझ
रक्तपिपासु अमेरिका उड़छ !

(Mr. President once you were black,
congrats now you are a white ! )

भियतनाम
कोरिया
क्यूबा
ईराक
अफगानिस्थान
र अहिले लिबिया
रगतले लथपथ छ !
सद्दामको लाशमाथि सड़ेको सपना
गद्दाफीको करङ्बाट जोड़्रन खोज्दैछ ।
हाम्रो आकाशमाथि निधर्क्क सेतो चिलहरु उड़्रदैछ ।
चल्लाहरु त्रसित आगोको लप्काहरुमाँझ
आ-आफ्ना भगवानको स्मरण गर्दै
गद्दाफीको कमजोर आँखाहरुमा भरोषा खोजीरहेछ ।
र मिडियाले
मान्छे र मान्छे माँझको यो विभत्स शिकारको पक्ष विपक्ष, न्याय- अन्यायको यान्त्रिक माप लिँदैछ ।

शिकार चल्छ, चल्दैछ
युद्ध पनि उ शान्ति पनि उ
विश्वको एक्लो बादशाह उ
विश्वकै एक नम्बर शिकारी
कुनै कुत्सित स्वार्थ र सम्झौताको सेतो कागतमा
खुनी हात पुछेर फेरी बेदाग हुन्छ उ
चल्लाको निर्दोष मृत्युको न कुनै हिसाब हुन्छ
न कुनै मूल्य
जे हुन्छ बस उसको ईसारामा हुन्छ ।

युद्धले मान्छेको ईतिहास लेखिएकोछ
रगतमा मान्छेको ईतिहास डुबेकोछ
शान्तिको सेतो पर्दाका महानायकहरु
युद्धकै भोक र रगतको आहारामा जिवित छ ।
त्यसैले चल्लाहरु !
लड़नैपर्छ
जसको जीवन नै छैन
मृत्यु त झन् अर्थपूर्ण छैन ।
आजको शिकारी
ईतिहासमा जस्तै
भोलि शिकार हुनैपर्छ ।

No comments:

Post a Comment