Friday, February 18, 2011

...... थोपाको सपना

म बगुँ
आफ्नै गतिमा
बगुँ चुम्दै किनाराको तृषित बालुवा
बगुँ त्यो किनाराबाट झरेको
बनफूलको लता लहरा चुम्दै
म बगुँ नदीमाँझ खड़ा पत्थरको बलियो आङ्मा एकचोटी बुई चड़ेर
फेरि झरुँ
र एक जोर सेता हाँसको प्वाँखलाई छोईराखेर
फेरि बग्दै जाँउ बग्दै जाँउ

@@@

भेलमा कालै भएर लतपत थोपा म
भलकै एउटा अंश छु
बस् लेदो लेदो लेदो बाँड़माँझ
म शीर उठाउन खोज्दैछु
म यसरी बग्दैछु
मेरो स्वाधिन गती छैन
रुमानी संगीत र ताल छैन
म बग्दैछु
ठेलिदैछु पेलिदैछु
अथाह यो बर्खाको प्रचण्ड बहाउमा
म एक थोपा र एक अंश बाढ़
म एक अंश बाढ़ र एक थोपा हुँ
जहाँ मेरो वयक्तिक सपनाहरु बाड़भन्दा माथि छैन
एउटा तातो घामको स्पर्षले
बाष्पिकृत बन्दै
म पनि फेरि फर्किनुपर्छ
भलमा थोपाहरु भलनै बग्नुपर्छ !

@@@

बगुँ म ??

No comments:

Post a Comment