Sunday, February 27, 2011

शिकार - 1

जुग जुग अघि पनि
मान्छेहरु शिकार खेल्थे
काँचै माँशु खान्थे
आदिमानव भनिए
जब मान्छेहरुको भोक बड़्यो
र मान्छेहरु मान्छेकै शिकार खेल्न थाले
तब आदिमानवहरु मानव भनिए
झुप्रोहरुमा प्राण नजोगिने देखेर
सिमेन्ट र ईस्पातका पर्खालजस्तै घरमा
मान्छेहरु मान्छेदेखि जोगिएर बस्ने भए
मान्छेहरु मान्छेकै शिकार खेल्दै बस्ने भए
आदर्श र विश्वासका ढालहरु
नियम कानूनको किल्ला र पर्खालहरु पछिल्तिर मान्छे
लामबद्ध
मुनाफाको हतियार
राजनीतिको बारुद
भ्रष्टचारको बन्दुक
औपनिवेसिक पासो
र अरु पनि के के बोकेर
उभेको छ- छ
मान्छे र सभ्यता
भोको निमुखा दरिद्र गाँउ
र झोपड़ीहरुमा
तोपको नली सोझ्याएर
मान्छेको राज्य
गणतन्त्रको भजन गाईरहेछ !

No comments:

Post a Comment