Wednesday, January 26, 2011

जरा-फूल

माटो चिर्दै
ढुङ्गा पन्साँउदै
किराहरु, गनेउला र विषाक्त रसायनिक द्रव्यहरुसित छलिदै , जोगिदै
जब जराहरु
भँगालिदै, बग्दै मलिलो चिसो माटोसम्म पुग्छन्
जराहरु फुलेका हुन्छन्!

माटोलाई अँगालेर माटोका जीवनशक्ति
जब बोट, हाँगा, पात र कोपिलासम्म पुर् याँउछन्
जराहरु मुख लुकाएर माटैमन्तिर
फक्रिएका हुन्छन् !

पातबाट झरेको उज्यालो थापेर
अँध्यारोमा जीवनका हजारौँ 'टनल'-हरु निर्माण गर्छन दिन रात
जराहरु !

फूलहरुमा प्रतिबिम्बित बन्छन् जरा-फूलहरु!

No comments:

Post a Comment