Monday, January 3, 2011

समर्थन

अब के ?
भन त म सुनुला
सुन्नलाई
आँखा र कान पनि थुनुँला
तिम्रो कर्कशता र
यो अन्धो खोलाको जल पिउन
मैले हात उठाएको छु
भन न अब के?
म ताली मार्न तैयार छु !

No comments:

Post a Comment