Tuesday, December 21, 2010

मुकुटसित...

कहाँ जाने ?
समयका म्याग्नेटहरु

चौखुर् याएर दाम्लो हालिएका पराधिन गलाहरु
मुट्ठ्याउन खोज्छ
भ्रान्त स्वाधिनताको रुमानी बादल

ए! आकाशमा छ स्वाधिनता ?

ससंकित छन् मुकुटहरु
सँधै सतर्क छन्
उभिएको वरीपरि देखिएको संसार
बेस्सरी मुठ्याएर
भुँई छामीबस्छ रंगहरुमा

मर्छ त
किरामाथि माछा
माछा माथि सर्प
सर्प माथि गरुड़
बाटो बाटोमा एम्बुस थापेर बसेको छ
जही पनि युद्ध छ
युद्ध त छ

युद्ध बाँच्ने पनि हुन्छ
युद्ध मार्ने पनि
र युद्ध बचाँउने पनि

लड़्नै पर्ने आकाशगंगामा
तिमी कस्तो लड़्दैछौ कस्को?

माँझ खोजेर ढुक्क
कहाँ छ तिम्रो जुठो मुटु
रहरका वान्ता गर्दै बसेको
तिमी मेरो राजा
साना साना साना मुकुटहरु
तिमीलाई म राख्न सक्दिन अब मेरो पवित्र तिन डुङ्गामा



मेरो चुल्हा ढुङ्गाको आगोमा
मैले रोपेको स्वाभिमान
पगाल्न सक्दैन थोत्रा अभिमानले
मैले टेकेको एउटा पाईला गनेर जति उफ्र
भेट्न सक्दैनौ भोका हत्केलाहरुले

हत्केला
अहो ! आज हात धोएकै छैन
यि कलुषित रागहरुको रौँ
टालीएका होलान्
धुन्छु अब
हरिया गाछहरुमा अल्झिएका भक्कानोहरुले

ए है !
भक्कानोहरु तरल नहुदोरहेछ
कति ठोस
कति चिरेर लाँदो हो जम्मै छात्ति

छात्तिमा बिझ्ने घाउ पनि त बराबर हुन्छ
जान्न अब भनेर फर्किन्छु
लहरोहरु जहीँको त्यँही छ
हिँड़न दे अब
लहराहरु !तैले फुलेको फूल हेर्न मात्र आएको
चुँढ़न तेरै उमेर काफी छ !

उमेर न तँलाई थाहा
न मलाई
पुग्नु कहाँ छ कहाँ ?

No comments:

Post a Comment