Sunday, December 19, 2010

फेसबुक टुक्राहरु

1
चक्का बिना पनि बस कुद्दो रहेछ
गन्तव्य बिना पनि यात्रा हँदोरहेछ
भेट सबै अर्थपूर्ण छैनन्
निरर्थक पनि तर निरर्थक नहुँदो रहेछ

2
मान्छेको मन देखिएका थोरै
नदेखिएका धेरै हुन्छन
आफ्नो मनकै बोझ पखाल्न
सँधै आतुर हुन्छन्
जो जति थोरै बोल्छन
उति धेरै बोल्न खोजेका छन्

3
लेखेर मन कहाँ रित्तिदो रहेछ
रित्तो मन पनि रित्तो
नहुँदो रहेछ


4
जाँदैछौँ मनको आँखा बालेर
नदेखिएका अचिनारु हात समाँउदै
कहिले दुख सम्म रमाँउदै
जाने कहाँ नसोधि छौँ
जाँदैछौँ
जाँउ जानु जहाँ सम्म छ
अन्त र अनन्त माँझ
तिमी र हामी संगै छौँ

5
संसारले पनि
स - सानो संसार जन्माँउदो रहेछ
मायाको
स्वार्थको
घृणाको
सम्वेदनाको
तर संसार कहीँ पनि देखिन
मालिक नभएको
खोई त तिमीले भनेको संसार स्वाधिनता र गणतन्त्रको ?

6
हल्लाहरुमा उनिएर नजाऊ
छोक्रा जस्तै छानिएर नजाऊ
सैयौं बर्खा रुझ्नु पर्छ
एउटै बतासमा तानिएर नजाऊ
ए मेरो सपनाको रुख
धर्ती समाउ धर्ती समाउ

No comments:

Post a Comment