Sunday, December 19, 2010

मध्यवित्तिय चेत र वर्गिय पूल..

सात्र कति रोएर भने होलान्
सक्दिन रहेछु चुड़ाँल्न म
मध्य वित्तिय चैतन्यको बन्धन!

ज्यू
यो न कोशिषले हुन्छ
न रुचाएर न त कोच्याएर
न त सच्याएर
पिढ़ित छौँ सबै
यो एकैसाथ भोको र विद्रोही हुन्छ
यो एकै साथ आँटी र काँतर हुन्छ
यो आफ्नो त्यसपछि अरुको हुन्छ
यो कपटी पछि उदार हुन्छ
यो सुन जस्तै जगजग
तर सुन भन्दा कमजोर हुन्छ

मनपर्दैन
तर लाग्छ भाग्नै सकिन्न
लाग्छ अहँ उ तल गाँसीने पूल छैन
सँधै सतर्क सँधै सजग
यसले नाफा नोक्सानी
मगजको तराजुमा जोखिरहन्छ!

तर पूल बनाँउन सकिन्छ
बनाउनेहरुले बनाएकै थिए
किन सकिन्न र
पक्रियौँ भने भरासिलो हात
खोला तर्न पनि सकिन्छ
र पो पुगिन्छ
र मात्र पुगिन्छ
अँध्यारो मान्छेहरुको
कठोर र युद्धरत गाँउ
त्यहाँ प्रत्येक ज्ञान हतियार बनिन्छन्
त्यहाँ कविताहरु बारुद र मल्हम बनिन्छन्
सम्मानहरु स्ट्रेचर बनेर लाशहरु उठाउनेछ
कि कँही ह्वास ह्वास रगत गनाँउदै उभिरहने छ ।
कति सहजै क्रान्तिको कुरा गर्छौँ हामी
कति सरल जीवनको रेखा कोर्छौँ हामी
कति मज्जा छ यहाँ
यो खोलाको यो वल्लो किनारा
तर
त्यहाँ छन् आडम्बर र कृतिमतामुक्त
मायालु मान्छेहरुको महान सपना
हामीलाई नै पर्खिबसेको

No comments:

Post a Comment