Sunday, December 19, 2010

जय श्री राम

भगवान बँचाउन निस्किएका मान्छेहरुको
रगताम्य हात
रगताम्य ओँठ
जय श्री राम !

सितालाई लुगा ओड़ाईदिन जाँदैछन्
नाङ्गै नाङ्गो रामहरु
जय श्री राम !

कुन दिन यिनीहरुसित
भगवानले भन्यो-
'मलाई बचाउ मलाई बचाउ'
र यिनीहरु भगवानको पनि भगवान भए?
जय श्री राम


लटरम्मै बगैँचा
देशभरी जङ्गलै देखेर
गर्नै गरे भोको हनुमानहरुले
जय श्री राम

उचाली-उचाली असुरहरुले
रामलाई असुर बनाई छाड़े
जय श्री राम

सुप्रिम र्कोटबाट
एक टुक्रा जमिन थापेर
आएको छ भगवान
रगतपच्छे निधार बोकेर
जय श्री राम

बिचरा...
भगवान...
र भक्तहरु...

No comments:

Post a Comment