Sunday, December 19, 2010

मोबाईल टुक्राहरु

1 अर्थ आवाजको

जन्मिएपछि शिशुले
रुनैपर्छ - रोएकै हुनपर्छ
नरोए- रुवाउनुपर्छ
जीवनको अरु विकल्प छैन
जसरी आवाजको

2 ??

हिड़ीरहेछौँ एकैसाथ
चौतारो
साँझ

र यो सूनसान बाटो !

3

फूलको लाश बोकेर
माया पोख्न जाने मान्छेहरुमाँझ

एउटा कुरुप आकार हुँ
फूलकै मायामा लट्ठ परेको
तर सम्वेदनहीन
र रुखो स्वर बोकेको
माली !

4
कुनै भोजमा रौसिने
तिम्रो अनुहार सम्झिरहेछु
जो एकाएक मुर्झाएका हुन्छन कुनै चिनारुको मलामी जाँदा
म बुझ्दिन
तिम्रो खुसी र आँशुको रंग
जो
नौटंकी गर्न अभ्यस्त छन्।

5.
....
खड़ेरीको गाँउ
बेला कुबेला पैसा फल्ने
हेमानको रुखमा
सपनाका डोरीहरुको पासो कसेर
झुण्डिएका छन्
जोबन !
आत्महत्या कि हत्या ?
शवपरिक्षण गर्ने चिकित्सकहरु बाझीरहेछन् संविधान कोरिने मुर्दाघरमा।

No comments:

Post a Comment