Sunday, December 19, 2010

मेरो शीर

जेखाने आमी आमार माथा उच्चा कोरे थाक्ते पारे ना से देश आमार होते पारे ना...
(जहाँ म मेरो शीर खड़ा राखेर बाँच्न सक्दिन, त्यो मेरो देश हुन सक्दैन...)

त्यो गर्जिदो आवाज मन्तिर
म मेरो शीर खोजिरहेछु
बन्दुकको बटमा झोक्रिएको
मेरै शीर हो
चरा चुरुङ्गी धपाउन
बारी माँझ बुख्याँचा उभ्याइएको
मेरै हो त्यो शीर
सँधै झुक्नलाई सजाईएको


थुक्क दाशहरुको बाँझो छात्ती
स्वाभिमान कहिल्यै नसप्रिएको


कसलाई? क-कसलाई थूकौँ?
जुनै अनुहारमा थूके पनि
शीर त मेरै हो।


पटक पटक फटाहाहरु
अनुहार फेरेर आँउछन्
पटक पटक घाँस देखाएर
गर्दन ताक्छन्
आफ्नै दापका खुकुरीहरु
र सप्पै आफ्नै शीर थामेर
झोक्राई बस्छन्
बन्दुकको बट समातेर
सहीदवेदीमा
थुक्क मुर्तिहरु पो रहेछ।


कसलाई थूकौँ ?
कुन् मुर्तिको आकारलाई थूकौँ
जति थूके पनि छिटा मेरै शीरमा खस्छ।

No comments:

Post a Comment