Monday, December 20, 2010

बोन्जाई लहर

1 आफ्नै उज्यालोले छोपिएको कति अँध्यारो घाम !

2 सर्पहरुले रोपेको फूल विषै विष फुल्यो !

3 होसियार तेल अघि नबड़ पसिनाका थोपाहरु सल्किनै आँटेको छ !

4 के माग्छौ भगवानलाई घरै छैन, घड़ेरी भर्खर सरकारी थापेको छ।

5 जुरेन आहारा अजिंगरलाई मरेछ पो दैवसितै।

6कहाँ हुन सक्यो मान्छे पुच्छर काटिएर पनि बाँदर !

7 गणतन्त्रको जंगलमा बाघले दिएको स्वाधिनता लु खा!

8 तिमीले नै भेट्छौ मेरो नाकमा जात नभए म त मान्छे।

9 के बोक्छन् फुलिएका छात्तिहरु रोगी हावाभन्दा गह्रौँ के ?

10 मेरो ज्ञानी छोरी स्कूल जाँदैछिन्
किताब खाताको भारी बोकेर
मूर्ख बन्ने कसरत गर्दैछिन् !

11 सत्य

सत्य छ,
पानीको आकार जस्तै छ,
भन त कस्तो छ ??

No comments:

Post a Comment