Sunday, December 19, 2010

मायाका कविता

3....मायाको जन्म

ओड़ारमा छौँ हामी
भर्खर संगै बाघसित जुझेर
रगताम्मे मेरो हात उनीहरु हेर्दैछन्
चोटिल तिनका शरिर म हेर्दैछु
र ओराड़को मुखमा आगो बालेका छौँ
र फेरि बाघहरु आँउदैनन् भनेर भरोषा दिईरहेछौँ
डरले काँपीरहेका शिशुहरुलाई

तर फेरी बागहरु आए भोको बाघहरु यसचोटी झन् धेरै आए
मेरा मान्छेहरु उठे हातमा राँको भाला ढुङ्गा लिएर
डरले साँघुरिएका मसिना भुराहरु पनि हात हातमा ढुङ्गा बोकेर उठे

म उठ्नै सकिन
खुट्टा चलेन हात चलेन अब मर्ने भएँ
जसरी मेरा बाबु भाग्नै नपाएर मरेका थिए
तर म मरिन
म वरीपरि उभिएर लड़्दै थिए मेरा मान्छेहरु
जसरी सँधै म लड्थेँ

त्यो भोक र आत्मरक्छाको लड़ाई आँखाले हेरिरहँदा
मेरो निम्ति उनीहरु नभागी मृत्युसितै नाचिरहेको देख्दा
र म उठेर प्रतिकार पनि गर्न नसक्दा
मरेछ मृत्युको भय
बस् आँखाबाट कहिल्यै थाहा नभएको नुनिलो पानी चुहिरहेथ्यो
र छात्तिभित्र कहीं अव्यक्त दुखाईले घोचिरहेथ्यो

फेरि बाघहरु भागेर गए
फेरि मेरा मान्छेहरुले आजको युद्ध जित्यो
म बाँचे आज उनीहरुको असिम मायामा म बाँचेँ
मेरा मान्छेहरुको असिम आत्मत्याग र भरोषामा म बाँचे
आज पहिलो चोटी यो ओडारमा
विजयोत्सव हामीले रोएर मनायौँ एकले-अर्कालाई अँगालेर मनायौँ
एक-अर्कालाई जानेर मनायौँ

रात बितेर घाम ब्यूझेपछि
हामीले ओडारको मुखैमा
रुख र हाँगाका पर्खाल उभ्यायौँ।
र प्रकृतिलाई सबैले एकै स्वरमा भन्यौँ
हामी जित्नेछौँ ! हामी जित्नेछौँ
किनभने ढुङ्गाका हतियार भन्दा धारीलो हतियार
हामीले पाईसकेका थियौँ!

No comments:

Post a Comment