Sunday, December 19, 2010

कविता 1

म शिशु जस्तै
अवोध कविता मन पराँउछु
जसमा बुद्धी पसेको हुँदैन
जो गाँउ पसुँ कि शहर ?- को
दोसाँधमा उभिएको हुँदैन
जसलाई न त व्यूटी पार्लर नै जानु पर्छ
जसले न त आफ्नै परिचयको ढोल पिटीबस्नु पर्छ
त्यसतो कविता
जो म आँखाको नानीमै अँटाउन सक्छु
बोकेर कहाँ कहाँ कहाँ पुर् याउन सक्छु !

No comments:

Post a Comment